Logo

सिंगटी हाइड्रोको आईपीओमा फागुन ३ सम्म आवेदन दिन सकिने



काठमाडौं, १८ माघ । सिंगटी हाइड्रो इनर्जीको आईपीओमा फागुन ३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीले माघ १८ गतेसम्म बिक्रि खुला गरेको भएतापनि माग बमोजिम आवेदन नपरेको कारण फागुन ३ गतेसम्म बिक्रि खुला गरेको कम्पनीले जनाएको छ ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानियहरुको लागि प्राथमिक शेयर माघ ४ गतेबाट निष्काशन गरेको थियो । कम्पनीले दोलखाका आयोजना प्रभावित क्षेत्रहरु कालिन्चोक र बिगु गाउँपालिकाका स्थानिय बासिन्दाहरुको लागि १४ करोड ५० लाख रुपैयाँ बराबारको १४ लाख ५० हजार कित्ता आईपीओ बिक्रि खुल्ला गरेको थियो ।

नेपाल धितोपत्रबाट पुस २१ गते कम्पनीले अनुमति पाएको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ । आवेदन दिन इच्छुक बासिन्दाले न्युनतम १० कित्तादेखि २ लाख कित्तासम्म आवेदन दिन पाउछन् । कम्पनीले निष्काशन गर्न लागेको शेयर क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्छ ।



प्रतिक्रिया दिनुहोस्