Logo

मञ्जुश्री फाइनान्सको ऋणपत्र आजबाट बिक्रि खुल्ला



काठमाडौं, १८ माघ । मञ्जुश्री फाइनान्स लिमिटेडले आजदेखि ऋणपत्र निष्कासन गरेको छ । कम्पनीले आइतबारबाट आठ वर्षे अवधिको ९.५ प्रतिशत ब्याजदर भएको प्रतिऋणपत्र १ हजार दरको ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र बिक्रि गर्न लागेको कम्पनीले जनाएको छ ।

फाइनान्सले ५० करोड रुपैयाँ बराबरको ५ लाख इकाई ऋणपत्र बिक्रि खुल्ला गरेकोे हो । इन्स्योरेन्सले प्रतिइकाई १ हजार रुपैयाँको दरले आजबाट माघ २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

३ लाख कित्ता अर्थात ३० करोड बराबरको शेयर ऋणपत्र परिपत्र विधिबाट र २ लाख कित्ता अर्थात २० करोडको ऋणपत्र सार्वजनिक निष्कासन प्रक्रियाबाट बिक्रि गर्ने कम्पनीले जनाएको छ । ८ वर्षको अवधिको लागि वार्षिक ९.५ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गर्न लागेको हो । यसलाई ‘९.५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र, २०८५’ नाम राखिएको छ ।

ऋणपत्रको विक्रि तथा प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ । उक्त ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । आवेदकहरुले न्युनतम २५ कित्ताबाट सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्