Logo

ब्राउनसुगर सहित पक्राउ



सुर्खेत, १८ माघ । ब्राउनसुगर जस्तो देखिने पद्वार्थसहित २ जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–४ एकतानगर टोलबाट करिब ३ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नियन्त्रित लागूऔषध नाईट्रोभेट १७ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरु बाँके खजुरा गाउँपालिका–८ बस्ने २८ वर्षीय सब्बिर खाँ र सोही ठाउँ बस्ने २८ वर्षीय सदाम खाँ रहेका छन् । उनीहरुले लागूऔषध बेचबिखन गरिरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुको कोठा तलासी गर्दा कोठामा लुकाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्