Logo

अदालतले ऋषिको नेकपाको पक्षमा फैसला गरे नेकपा एमाले र माओवादी केन्द्र जन्मनसक्ने



काठमाडौं, १८ माघ । नेपाल कम्युनिस्ट पार्टी विभाजित भएपनि वैधानिकता पाएको छैन । निर्वाचन आयोगका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता छ । दलमा विष्णु पौडेल महासचिव छन् । तर, व्यवहारिक रुपमा नेकपा विभाजित भइसकेको छ ।

निर्वाचन आयोगले नेकपाको वैधानिकताबारे कुनै निर्णय नगरेको जनाइसकेको छ । कसैले पनि अलग दलको आधिकारिकता पाउने सम्भावना न्यून छ । राजनीतिक दलसम्बन्धी विद्यमान ऐनले पनि नेकपालाई एकताको पाँच वर्ष पूरा नभई विभाजन हुन दिदैन । एकता भएको साँढे दुई वर्ष मात्र बितेको छ ।

अब नेकपा विभाजनलाई वैधानिकता प्रदान गर्ने सुत्र सर्वोच्च अदालतमा विचाराधीन एउटा मुद्दाले गर्ने फैसला हुनसक्छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएपछि ऋषि कट्टले २०७५ मंसिर २१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गर्न पुगेका थिए । ३ जेठ २०७५ मा नेकपा एक भएको थियो । नेकपा पहिल्यै नै निर्वाचन आयोगमा दर्ता भएको अवस्थामा फेरि सोही नाममा दल दर्ता भएको भन्दै कट्टेलले मुद्दा दायर गरेका थिए ।

कट्टेलले दायर गरेको मुद्दाको पक्षमा फैसला भएमा नेकपा विगतमा जस्तै एमाले र माओवादी केन्द्रको अवस्थामा पुग्न सक्छ । ३ जेठ २०७५ मा नेकपा बनेको थियो । मुद्दामा कट्टेलको नेकपाको पक्षमा फैसला भएमा २ जेठको अवस्थामा पुग्न सक्छ । त्यतिबेला नेकपा एमाले र माओवादी केन्द्र अलग पार्टी थियो ।

नेकपा एकता हुनुअघि सुर्य चिन्ह एमालेको थियो । माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा चिन्ह थियो । ऋषि कट्टेलको मुद्दाले नेकपा विवादलाई नयाँ मोडमा लगेर टुंग्याइदिन सक्ने आधार नभएको होइन ।

यसैगरी, ऋषि कट्टेल अहिले विप्लव, मोहन वैद्द किरण र आहुतीसँग नजिकिएका छन् । उनी समिकरण बनाएर सक्रिय भएका छन्



प्रतिक्रिया दिनुहोस्

Screenshot