Logo

स्कुटरमा लुकाएको लागूऔषध सहित पक्राउ



काठमाडौं, १८ माघ । अवैध लागुऔषध सहित २ जनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पोखरा गगनगौडाबाट नियन्त्रित लागूऔषध ३७ एम्पुल डाईजेपाम, ३७ एम्पुल फेनारगन र ३७ एम्पुल नुर्फिन सहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा पोखरा बस्ने धादिङका २९ वर्षीय दिपक थापा र पोखरा स्थायी ठेगाना भएका २७ वर्षीय सन्तोष सुबेदी रहेका छन् । ग.१७ प ५५८४ नम्बरको स्कुटरलाई ईलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध, नगद ९ हजार ३ सय १० रुपैयाँ र २ थान मोबाइल सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्