Logo

राष्ट्र बैंकले १० करोड एक वर्षको लागि मुद्दतीमा लगानी गर्ने



काठमाडौं, १८ माघ । नेपाल राष्ट्र बैंकले २०७७ फागुन २ गतेबाट ०७८ फागुन १ गतेसम्मका लागि ३६५ दिनको मुद्दती निक्षेप लगानी गर्न लागेको छ । बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १० करोड ४८ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंकले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ८ करोड ३९ लाख रुपैयाँ लगानी भएको छ भने विकास बैंकमा १ करोड ५७ लाख रुपैयाँ र वित्त कम्पनीहरुमा ५२ लाख रुपैयाँ लगानी गर्ने जनाएको छ ।

केन्द्रिय बैंकले बैंकहरुले चाहेको रकम तथा सो रकमको लागि प्रस्ताव गरिएको ब्याजदर समेत स्पष्ट पारेर माघ २० गते भित्र पेश गर्न अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्