Logo

स्रोत नखुलेको १० लाख रुपैयाँसहित पक्राउ



काठमाडौं, १८ माघ । स्रोत नखुलेको रकम सहित एकजना काठमाडौंबाट पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको नेपाली नगद १० लाख रुपैयाँ र १ हजार ५ सय अमेरिकी डलर सहित कलंकीका २८ वर्षीय आशिष खाती क्षेत्रीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

नेपाल एयरलाईन्सको उडानद्वारा दुवाई जान लागेका क्षेत्रीलाई जाँच गर्ने क्रममा उक्त रकम सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्