Logo

चीनले पाकिस्तानका लागि निर्माण गर्यो युद्धपोत



एजेन्सी, १८ माघ । चीनले दुई नयाँ युद्धपोत निर्माण गरेको छ । त्यसमध्ये एउटा युद्धपोत पाकिस्तानको लागि निर्माण गरेको हो । चिनियाँ जलसेनाका लागि चीनले तेस्रो समूहका एम्फिवियस एसल्ट जहाज निर्माण गरेको हो भने पाकिस्तानका लागि फ्रिजेट जहाज निर्माण गरेको हो ।

सन् २०१९ देखि उक्त जहाजहरुको निर्माण कार्य जारी रहेको र उक्त जहाजहरु विशेष परियोजनाका लागि निर्माण गरेको जनाइएको छ । चीनले आफ्नो लागि निर्माण गरेको युद्धपोतलाई ताइवानी क्षेत्र र साउथ चाइना सीमा प्रयोग गर्ने जनाइएको छ ।

पाकिस्तान नेभीले फ्रिजेट जहाजलाई निर्माण गर्न सन् २०१९ मा सम्झौता गरेको थियो । पाकिस्तानले चाहेको समयमा जहाज हस्तान्तरण भएको पाकिस्तानी नेभीले जनाएको छ । पाकिस्तानी नेभीका लागि यो निकै अत्याधुनिक प्रविधियुक्त जहाज रहेको समेत जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot