Logo

डब्लूएचओको टोलीले कोरोना पहिलोपटक देखिएको मार्केटको भ्रमण गर्ने



एजेन्सी, १८ माघ । कोरोना भाइरसको उत्पत्ति पत्ता लगाउन विश्व स्वास्थ्य संगठनको टोली निरन्तर आफ्नो खोजलाई जारी राखेको छ । यस क्रममा चीनको वुहान पुगेका टोलीले कोरोना भाइरसको उत्पत्ति पत्ता लगाउन चिसो क्षेत्रहरुमा खोजी कार्य जारी राखेको छ ।

टोली वुहानबाट हुनान प्रान्तमा रहेको सि फुड मार्केटको भ्रमण गर्ने भएको जनाइएको छ । उनीहरु आइतबार माध्यानमा सि फुड मार्केट पुग्ने भएको हुन् । डब्लूएचओका टोली हुनानको सि मार्केट पुग्ने विषयको जानकारी टोलीका अध्यक्ष पिटर एमब्यारेकले दिएका हुन् ।

हुनानमा रहेको सि फुड मार्केटको अध्ययन गर्ने र अत्याधिक जाँच गर्ने समेत जनाइएको छ । त्यहाँ रहेका सम्पूर्ण जनावर, सामाग्रीको अध्यनन गर्ने र निश्कर्ष निकाल्ने समेत जनाइएको छ । वुहानको कोल्ड चेन प्रोडक्टबाट उत्पत्ति भएको कोरोना भाइरस चीनबाटै देखिएको विषयलाई तुरुन्तै पुष्टि गर्न नमिल्ने र अध्ययनको निकै जरुरी रहेको टोलीका अध्यक्ष पिटरले जनाएका छन् । कोरोनाको उत्पत्ति चीनबाट भएको परिकल्पना गर्न नमिल्ने त्यस कारण सि फुड मार्केटको अध्ययन आवश्यक रहेको उनको ठहर छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot