Logo

कंगना रनौट फेरि विवादमा



एजेन्सी, १८ माघ । बलिउड अभिनेत्री कंगना रनौट सामाजिक र राजनितिक मुद्दामा आफ्नो मत अभिव्यक्त गर्ने मध्येमा पर्छिन् । धेरै विषयमा आफ्नो सल्लाह सुझाव दिने गर्छिन् । उनी सामाजिक सञ्जालमा सक्रिय रहने अभिनेत्रीमध्ये एक हुन् ।

कंगना फेरी एकपटक चर्चामा आएकी छिन् । उनले हिजो शहीद दिवसको अवसरमा आफ्नो आधिकारीक ट्विटर एकाउन्टबाट गोड्सेलाई लिएर ट्विट गरेकी हुन् । उनको यो ट्विट तिव्ररुपमा भाइरल भएको छ । कंगनाले नाथुराम गोडसेलाई फोटो शेयर गर्दै क्याप्शनमा लेखेकी छिन्, ‘प्रत्येक कथाको ३ पक्ष हुन्छन्, एक मेरो, एक साँचो हो र अर्को बाध्यता नै हो, जुन लुकेको छ । यसकारण हाम्रा किताब बेकार छन् ।’

यस्तो लेखेर कंगनाले गोडसेलाई ट्याग गरिदिएकी छिन् । उनले गरेको यस्तो ट्विटलाई धेरैले सामाजिक सञ्जालमा मन पराएका छन् भने केहीले विरोध पनि गरेका छन् । धेरैले त सकरात्मक प्रतिक्रिया दिने गरेका छन् । हाल कंगना राजनितिमा आधारित नयाँ फिल्म पुर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भुमिकाको कारण चर्चामा छिन् ।



प्रतिक्रिया दिनुहोस्