Logo

गणपति लघुवित्तको साधारणसभा फागुन २८ मा तनहुँमा हुने



काठमाडौं, १८ माघ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो साधारणसभा तनहुँमा बस्ने भएको छ । माघ १६ गते बसेको संचालक समितिको बैठकले फागुन २८ गते तनहुँमा सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभाले गत वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश गरी जम्मा १५.७९ प्रतिशत लाभांश पारित गर्ने भएको छ । ११ करोड ७ लाख ४५ हजार रुपैयाँ चुक्तापुँजीको आधारमा कम्पनीले उक्त लाभांश पारित गर्न लागेको जनाएको छ । उक्त लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीले साधारणसभा मार्फत पारित गर्न लागेको हो ।

सभाले गत वर्षको आवको वार्षिक प्रतिवेदन पारित गर्दै चालु आवको लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रामिक पनि निर्धारण गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले फागुन १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । फागुन १३ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्