Logo

सिद्वार्थ बैंकले गर्यो शेयरधनीलाई खाता अद्यावधिक गर्न आग्रह



काठमाडौं, १८ माघ । सिद्वार्थ बैंकले गत वर्षको मुनाफाबाट वितरण गर्न लागेको  ३ प्रतिशत नगद लाभांश शेयरधनीको खातामा जम्मा गर्ने भएको छ । आज बैंकले शेयरधनीलाई लाभांश वितरण गर्नको लागि बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको हो ।

माघ १६ गते सम्पन्न भएको सभाबाट पारित भएको उक्त नगद लाभांश बैंक खातामा जम्मा गरिदिने भएकोले खाता अद्यावधिक गर्न आग्रह गरेको जनाएको छ । साथै कम्पनीले शेयर प्रमाणपत्रहरु अभौतिकिकरण नगरेको भए चाडैनै अभौतिकीकरण गर्न आग्रह गरेको हो । कम्पनीको शेयर रजिष्टारमा सिद्वार्थ क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्