Logo

संवैधानिक परिषद्सम्बन्धी नियुक्तिको सिफारिश फिर्ता



काठमाडौं, माघ १९ । संवैधानिक निकायहरूमा संवैधानिक परिषद्ले गरेको विवादास्पद नियुक्तिको सिफारिश सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका छन् । आइतवार सभामुख सापकोटाले नियुक्ति सिफारिश संवैधानिक परिषद्मै फिर्ता पठाएका हुन् ।

संसदीय सुनुवाइ गर्न सक्ने अवस्था नरहनुका साथै मूल ऐनको दफा ६ को उपदफा ९१० र ९२० बमोजिम बैठकबारे आफूलाई जानकारी नै नदिई बैठक बसेर निर्णय गरेको, जुन सर्वोच्चको फैसलाविपरीत भएको समेत उनले बताएका छन् ।

पुस ३० बिहान बसेको परिषद् बैठकमा गणपूरक संख्या नपुगेपछि अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भए पनि बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो भने त्यही दिन साँझ बोलाइएको परिषद्को बैठकमा सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना मात्र सहभागी भएका थिए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot