Logo

प्रतितोला ५ सयले बढ्यो सुनको मुल्य



काठमाडौं, १९ माघ । नेपाली बजारमा आज सुनको मुल्यमा वृद्धि भएको छ । सोमबार सुनको मुल्य तोलामा ५०० रुपैयाँले बृद्धि भएको हो ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको मुल्य सामान्य बृद्धि भई प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य भने उकालो लागेको छ । आज चाँदी तोलामा ८० रुपैयाँले बृद्धि भई प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार पनि चाँदीको मुल्य वृद्धि भई प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्