Logo

डाभोस सम्मेलनमा मोदीको सम्बोधनले दिएको सन्देश



विपिन देव: सन् १९७१ स्थापना भएको विश्व आर्थिक मञ्चको नीति-निंधारण र रणनीति स्वीट्जरल्याण्डको डाभोसमा हुने परम्परा रहिआएको छ । पू‘जीवादको मुल्य र मान्यतालाई अभिवृद्धि गर्न विश्वका महत्वपूर्ण उद्योगपति र अर्थविद्धहरूले विश्व अर्थतन्त्रलाई यस मञ्चवाट समिक्षा र विश्लेषण गर्ने परिपाटी रहीआएको छ । कालान्तरमा यस सम्मेलनमा चीनको सहभागीताले पू‘जीवाद र साम्यवादको लक्ष्मणरेखालाई पनि खण्डित गरेको छ । विश्व आर्थिक मञ्चमा प्रत्येक मुलुकले आफ्नो राष्ट्रको आर्थिक नीतिलाई सार्वजनिक गरेर लगानीलाई निमन्त्रणा गर्ने कसरत गर्ने गर्दछ । कोरनाको कहरले गर्दा यस वर्ष विद्युतीय माध्यमवाट नै यस सम्मेलनको आयोजना भएको छ । सन् २०२१ जनवरी २८ मा भारतका प्रधानमन्त्री प्रमुख वक्ताको रुपमा विश्व आर्थिक मञ्चलाई सम्कोधन गरेका छन् । भारतको आर्थिक नीति र आर्थिक महत्वाकांक्षालाई आलोकित गर्दै मोदीले कोरोनाको कहरमा भारतले गरेको अनुभवलाई भावुकताका साथ सम्प्रेसन गरेको देखिन्छ ।

कोरोनाको कहरमा संसारका १८ प्रतिशत आवादी भएको देशको अवस्थाप्रति संसारका मूर्धन्य जानकारहरू विभिन्न किसिमका भविष्यवाणीहरू गरेका थिए । अर्थात् भारतमा ७०० देखि ८०० मिलियन जनता कोरनाको चपेटामा आउन सक्ने सम्भावना जानकारहरूले सार्वजनिक गरेका थिए । त्यसमध्ये २ मिलियन जनता मृत्युवरण गर्ने जानकारहरू भविष्यवाणी थियो । मोदीले आप्mनो सम्वोधनमा भारतको कोरनासंग सङ्घर्ष गर्ने नीतिलाई पनि मुखरित गरेका छन् । भारतले प्रविधिको प्रचुरमात्रामा प्रयोग गर्दै परिक्षणमा वढि जोड दिए । तद्नुरुप कोरनासंग जुध्न स्वास्थ्य नीति नै लागु गरे । कोरोनाको चुनौतिलाई अवसरमा रुपान्तरित गर्दै मास्क, टेष्ट किट, भेनटिलेटर जस्ता अनेकौ उपकरणलाई मात्रै होइन कि विदेशी राष्ट्रहरूमा पनि आपूर्ति गर्न भारत सफल भए । आफ्नो अनुभव र उपलव्धिलाई चहकिलो र गहकिलो शैलीमा प्रस्तुत गर्दै मोदीले स्पष्ट रुपमा उद्घोष गरे कि भारतले विश्वका १५० देशहरूमा आवश्यक औषधी निर्यात गरेर आफ्नो दायित्व निर्वाह गरेको छ । हाल भारतले १२ दिन भित्र २.३ मिलियन स्वास्थ्यकर्मीहरूलाई कोरनाको खोप लगाएर स्वास्थ्यकर्मीहरूमा आत्मवल जागृत गराउको छ । केही दिनमा नै ३० करोड प्रौढमा खोप लगाउने सरकारी नीति रहेको छ । कोरोनाको कहरमा सारा संसारमा हवाई सेवा वन्द भएको कठिन अवस्थामा भारतले १ लाख विदेशी नागरिकहरूलाई आ-आफ्नो देशमा पु¥याएर एउटा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेर गौरव महसुस गरिरहेको अवस्था छ ।

विश्वका धेरै मुलुकहरूमा भारतले स्वास्थ्य तालिम दिदै रहि आएको छ । प्राचिन सभ्यताको प्रतीक आयुर्वेद पनि कोरनासंग सङुघर्ष गर्न महत्वपूर्ण भूमिका खेलेको छ । हाल भारतले आप्mनो छिमेकी मुलुकहरूलाई उच्च प्राथमिक्तामा राख्दै वंगलादेशलाई २ लाख डोज, म्यानमारलाई २५ लाख डोज, नेपाललाई १० लखा डोज प्रदान गरेको छ । व्राजिलका राष्ट्राध्यक्षले कोरोनाको औषधीलाई हनुमानले लक्ष्मणको रक्षाको लागि ल्याएको संजीवनीको संज्ञा दिएका छन् ।

कोरोनाको कहरमा पनि भारतले आफ्नो विकासको संकल्पलाई निरन्तरता दिएको छ । मोदीले आप्mनो सम्वोधन गर्ने क्रममा भारतका यू.पि.ए.एप.को चर्चा गरेका छन् । यु.पि.ए.एप.का मद्दतले भारतले १.८ ट्रिलियन रुपैया ७६० मिलियन जनताको वैंक खातामा राहत पुर्याएर लोक कल्याणकारी राज्यको नयॉ परिभाषा दिएको छ । डिसेम्वर महिनामा मात्रै यु.पि.आए. एप. वाट ४ ट्रिलियनको कारोवार देखिएको छ । भारतका १.३ विलियन जनताको पहिचान पत्र पनि विद्युतीय माध्यमा ल्याइसकेको छ । जसले गर्दा भारत तथ्याङ्कको मामिलामा संसारको सम्पन देश सावित भएको छ ।

संरचनात्मक सुधारलाई उच्च महत्व दिदै भारतले यथेष्ट मात्रामा विदेशी लगानी निवेश गराउ‘न सफल भएको देखिन्छ । विगतका वर्ष भन्दा १४ प्रतिशतले विदेशी लगानी भित्र्याउन भएको तथ्याङ्कले पुष्टि गर्दछ । त्यस्तै मोदीले आर्थिक खुलापन र भुमण्डलीकरणलाई आत्मर्निभरतासंग जोडेका छन् । अर्थात् भारतले वस्तु उत्पादन गर्न कर प्रणालीमा यथेष्ट परिर्वतन ल्याएको कुरा पनि उनले सार्वजनिक गरेका छन् ।

लगानीकर्तालाई सुलभ र सरल रुपमा लगानी गर्न “सिंगल प्वाइन्ट” नीति अगाडि सारेको देखिन्छ । अर्थात् लगानी कर्तालाई सहयोग र आवश्यक वातावरण वनाउ‘न एउटा जिम्मेवार संस्था र कार्यालयले मात्र जिम्मेवारी लिई घुमाउरो बाटोबाट बचाउन आवश्यक काम समेत गर्नेछ । मोदीले आप्mनो अभिभाषण पछि विश्वका महत्वपूर्ण उद्योगपतिहरू अन्तरक्र्रिया समेत गरेर भारतका नीति नियमहरूलाई आलोकित गरेका छन् । मोदीको सम्वोधनलाई विधिन्न कोणहरू व्याख्या संचार माध्यमहरूले गरेका छन् । कोरनाको कहरले गर्दा जापान लगायत पूर्वीय एसियाका मुलुकहरूले चीनवाट आफ्नो लगानी विस्थापित गरिरहेको अवस्थामा संसारको ठुलो वजार भारत परिणत भई सकेको जानकारहरूको दावी रहेको छ । वदलिदो परिवेशमा विश्वका महत्वपूर्ण कम्पनीहरूलाई भारतमा आर्कषित गर्ने मोदीको नीति रहीआएको छ । साथ-साथै चीन र अमेरिका विच भएको व्यापारीक द्वन्दले गर्दा अमेरिका ठुला व्यापारीक कम्पनीहरूले लगानी मैत्री वातावरणको खोजमा रहेको छ । भारत प्रजातान्त्रिक मुलुक भएको, अंग्रजी वोल्ने मान्छेको संख्या उच्च रहेको, जनसंख्यीक लाभांश रहेको, र संख्याको उद्य भइरहेको परिघटनाले गर्दा लगानीकर्ताहरू भारतमा लगानी गर्न उकुसमुकुस भएका छन् ।

अन्र्तराष्ट्रिय मुद्रा कोषका सर्वेक्षण अनुसार आगामी दिनमा भारतले ११ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने छन् । अर्थात् आउने दिनमा संसारको सबभन्दा वढि तिव्र आर्थिक विकास दर भएका मुलुकको रुपमा भारतको स्थान सुरक्षित रहने विभिन्न रिर्पोट र अध्ययनले सार्वजनिक गरेको देखिन्छ । यही पृष्टभूमिमा मोदीले विश्वका महत्वपूर्ण उद्योग जगतका नेतृतवहरूसंग डाभोस सम्मेलनको मञ्चलाई उपयोग गरेर अन्र्तरक्रिया समेत गरेको छन् । अन्र्तरक्रिया गर्ने क्रममा मोदीले आउने दिनमा भारतका १०० वटा स्र्माट शहरको स्थापना हुने समेत जानकारी दिएका छन् । प्रत्येक स्र्माट शहरले पार्यावरण मैत्री हुने छन् । हाल भारतमा १.१ विलियन मान्छे मोवाइल प्रयोगकर्ता रहेकोले गर्दा प्रत्येक व्यक्ति सुचनवाट जागृत रहेर पर्यावरणीय नियमलाई लागु गर्न सचेत समेत रहने मोदीको दावी रहेको छ । आउने दिनमा २५ वटा शहरमा मेट्रो सेवा शुरु हुने पनि मोदीले जानकारी गराएर विश्वका मूर्धन्य उद्योगपतिहरूलाई आर्कषित गरेको देखिन्छ । विश्व आर्थिक मञ्चलाई सम्वोधन गर्ने क्रममा हाल भारतले तथ्याङ्क सुरक्षा सम्वन्धि विभिन्न किसिमका कानुन पनि निर्माण गरिरहेको जानकारी दिएका छन् ।

तर, उद्योगपतिहरू भारतको पूर्वाधारका वारेमा चिन्तित देखिन्थे । एक जिज्ञासामा मोदीले प्रष्ट रुपमा के संकेत दिएका भारतको अर्जुन दृष्टि नै पूर्वाधार विकास हो । आउने दिनमा भारतले ६ लाख गाउ‘मा फाइवर जडान गरेर पूर्वाधारको क्षेत्रमा ठुलो कोसे ढुङ्गा पार गर्न दृढ संकल्पित रहेको कुरा उनले जानकारी गराए । त्यस्तै, सन् २०४० सम्ममा भारतले ४.५ ट्रिलियन अमेरिकी डलर पूर्वाधार विकासमा नै लगानी गर्ने भारतको गुरुयोजना रहिआएको मोदीले जिकिर गरे । सम्बोधनलाई समिक्षा गर्दै भारतका पूर्व राजदुत अशोक सज्गहारले भनेका छन् कि मोदीको सम्वोधनले सकारात्मक र आशा जागृत गरेका छन् । ४०० भन्दा बढी विश्वका नाम चलेका उद्योगपति सहभागी भएका सम्मेलनमा मोदी आप्mनो कार्यनीति प्रष्ट रुपमा राखेको कुरा सज्गहारले उदृत गरेका छन् । अर्थात् आउने दिनमा मोदीको सम्वोधनले भारत लगायत दक्षिण एशियाका अरु मुलुकहरू प्रचुर लाभ लिन सक्नेछ ।

 



प्रतिक्रिया दिनुहोस्