Logo

महिला लघुवित्तको आईपीओ माघ २८ देखि निष्कासन हुने



काठमाडौं, १९ माघ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ लाख कित्ता शेयर बिक्रि खुल्ला गर्ने भएको छ । माघ २८ गतेबाट प्रतिशेयर १०० रुपैयाँ अंकित मुल्यको ४ करोड बराबरको शेयर बिक्रि गर्न लागेको हो ।

हाल सस्ंथाको चालु पुँजी १० लाख रहेकोमा उक्त पुँजीको ४० प्रतिशत हुन आउने ४ करोड बराबरको ४ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो । त्यसमध्ये ०.५ प्रतिशत वा ५ हजार कित्ता शेयर कर्मचारीहरुलाई, ५ प्रतिशत वा २० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि र बाकी रहेको ३ लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।

शेयर खरिद गर्न इच्छुकहरुले न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म फागुन २ गतेसम्म र सो अवधिमा माग अनुसार आवेदन नआएमा फागुन १२ गतेसम्म आवेदन दिन सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्