काठमाडौं, १९ माघ । तल्लो अरुण जलविद्युत आयोजनाले नेपाललाई २१ प्रतिशत विद्युत निःशुल्क दिने भएको छ । ६ सय ७९ मेगावाटको यस आयोजनाको लगानी बोर्डको बैठकले निर्माणको जिम्मा भारतीय कम्पनी सतलजलाई दिने निर्णय गरेको जनाएको छ ।
हाल यो कम्पनीले सय मेगावाटको अरुण तेस्रो आयोजना निर्माणमा लागेको छ । आयोजना निर्माणको लागि चिनियाँ कम्पनीले २५ प्रतिशत र भारतीय कम्पनीले २१ प्रतिशत विद्युत निःशुल्क दिने प्रस्ताव राखेका थिए ।
बोर्डले आयोजना निर्माण गर्ने कम्पनीले कम्तीमा ऊर्जा निःशुल्क उपलब्ध गराउनुपर्ने सर्तसहित तीन कम्पनीसँग प्रस्ताव माग गरेका थियो । भारतको सतलज लिमिटेड, नेपालको इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट अफ चाइना लिमिटेड तथा नेपालको ग्रिन रिसोर्ससँग बोर्डले प्रस्ताव माग गरेको थियो ।