काठमाडौं, १९ माघ । किर्तिपुर नगरपालिका र एभरेष्ट बैंकबीच एक सम्झौता भएको छ । स्थानिय तहमा सुविधा प्रदान गर्नका लागि एभरेष्ट बैंकले माघ १६ गते किर्तिपुर नगरपालिकासँग कर्जा सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
सम्झौता पछि एभरेष्ट बैंकले किर्तिपुर नगरपालिकाका बासिन्दाहरुलाई कृषि कर्जा, सहुलियत कर्जा, एसएमइृ कर्जा तथा शैक्षिक कर्जाको सुविधा दिने भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट कार्यकारी अधिकृत जीके नेगी र नपाको तर्फबाट मेयर रमेश महर्जनले हस्ताक्षर गरेका हुन् ।
हाल बैंकको ७ आठै प्रदेशमा गरेर १ सय शाखा कार्यालय र ३१ राजस्व संकलन काउन्टर तथा १३१ स्थानमा एटीएम काउन्टर रहेका छन् ।