काठमाडौं, १९ माघ । सनराइज बैंक लिमिटेडले २ नयाँ शाखा विस्तार गरेको छ । बैंकले रामेछापको मन्थली नगरपालिका ११ सावाडाँडाको गेलुमा र उमाकाण्ड गाउँपालिका ७ भुजिमा शाखारहित बैंकिङ सेवा विस्तार भएको हो ।
बैंकको शाखारहित बैकिङ सेवाको सख्या यो दुई शाखा थप भएसँगै ६८ पुगेको जनाएको छ । शनिबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गर्दै मन्थली नगरपालिका उप–प्रमुख माया कुमारी कार्की र उमाकाण्डमा वडाध्यक्ष रुद्रमणी नेवारको उपस्थितिमा शाखाको विस्तार भएको थियो । यो सेवाबाट ग्राहकवर्गले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिनेछ ।
हालसम्म बैंकका १३९ शाखा, ६८ शाखारहित बैंकिङ सेवा, १२ एक्टेन्सन काउण्टर र १६१ एटिएममार्फत ७ लाख भन्दा धेरै ग्राहकहरुलाई सेवा दिदै आएको छ ।