एजेन्सी, १९ माघ । अफगानिस्तानमा तालीवानीहरुले निरन्तर पत्रकार, समाजसेवी र सरकारी निकायमा कार्यरत मानिसहरुलाई निसाना बनाइरहेको छ । विगत केही महिनादेखि सरकार र तालीवानी समूह बीच द्धन्द्ध भड्किएको छ । निसानाबाट बच्ने महिलाको संख्या निकै कम रहेको छ । त्यसमध्ये सवा साहार नाम गरेकी महिला तालीवानीको निसानामा रहेकी थिइन् ।
उनी आक्रमणबाट धेरै पल्ट जोगीदै आएकी छिन् । उनी फिल्म निर्माता, नायिका र प्रहरी अफिसरको रुपमा कार्यरत छिन् । उनलाई तालीवानीहरुले यस्तो पेशामा लागेको कारण मार्ने प्रयास गरेका थिए । तर, उनी भाग्य बस बचिन् । सरकार र तालीवानी समूहबीच शान्ति कायम गर्न निरन्तर छलफल भइरहेको अवस्था तालीवानीले देखाएको क्रुर्ता निन्दनीय रहेको उनले जनएकी छिन् । आफ्नो देशको भविष्य प्रति उनी निकै चिन्तित रहेको उनले बताएकी छिन् ।-Photo: Agency