Logo

२४८९ संक्रमित उपचाररत, क्वारेन्टिनमा बस्नेको सख्या ९७



काठमाडौं, १९ माघ । हालसम्म कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या शुन्य रहेको छ ।

२४ घन्टामा नयाँ संक्रमित १ सय ५९ थपिएका छन् । आज  २६४  जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७१ हजार १ सय १८ संक्रमित भएपनि २ लाख ६६ हजार ६ सय  जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने २ हजार ४ सय ८९ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म २० लाख ७५ हजार १ सय ५२ जनाको पिसीआर परिक्षण भएको छ त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ९७ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्