Logo

राष्ट्रिय बीमा कम्पनी र विशाल बजारको शेयर कारोबार रोक्का



काठमाडौं, १९ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले राष्ट्रिय बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेका अनुसार दुई कम्पनीहरुले धितोपत्र सुचीकरण विनियमवली २०७५ पालन नगरेको आरोपमा शेयर कारोबार रोकीदिएको हो ।

कम्पनीहरुले धितोपत्र सुचीकरण विनियमवली अनुसार आर्थिक वर्षको लेखा परिक्षण भएको वित्तीय विवरण तथा लेखापरिक्षकको प्रतिवेदन आव समाप्त भएको पाँच महिना भित्र नेप्सेमा बुझाउनु पर्ने हुन्छ ।

बीमा कम्पनी र विशाल बजार कम्पनीलाई वार्षिक प्रतिवेदन र वित्तीय विवरण पठाउन आग्रह गर्दा पनि पेश नगरेकोले धितोपत्र सुचीकरण विनियमावलीको विनियम १६ (१) (घ) मा भएको व्यवस्था बमोजिम कम्पनीको दोस्रो बजारमा कारोबार रोक्का गरेको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्