Logo

नागरिक लगानी कोषको हकप्रद शेयरमा आजसम्म आवेदन दिन पाइने



काठमाडौं, १९ माघ । नागरिक लगानी कोषले पुस २८ गते निष्कासन गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता अर्थात चुक्तापुँजीको ८२.८४ प्रतिशत हकप्रद शेयर कोषले बिक्रि खुल्ला गरेको थियो ।

पुस १३ गते सम्म कायम शेयरधनीले मात्र प्रतिकित्ता १०० रुपैयाँको दरले हकप्रद शेयरमा आवेदन दिन सक्ने कोषले जनाएको छ । इच्छुक लगानीकर्ताहरुले कोषको शेयरमा आजसम्म आवेदन दिन सक्नेछन् । कोषको हकप्रद निष्काशन तथा बिक्रि प्रबन्धकमा आरबीबी मर्चेन्ट र्बैकिङ लिमिटेड रहेको छ ।

सि–आस्वाको माध्यमबाट आवेदन दिन सकिने कोषले जनाएको छ । कोषको हाल १ अर्ब ६४ करोड रुपैयाँ चुक्तापुँजी रहेको छ । शेयर बिक्रिपछि कोषको चुक्तापुँजी ३ अर्ब पुग्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्