Logo

मेरो माइक्रोफाइनान्सको दोस्रो त्रैमाससम्ममा ७१.६३ प्रतिशत मुनाफा



काठमाडौं, १९ माघ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार संस्थाले १४ करोड ७ लाख ३२ हजार खुद नाफा आर्जन गरेको छ ।

संस्थाले गत वर्षभन्दा यो चालु आवमा ७१.६३ प्रतिशतले नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष ८ करोड १९ लाख ९५ हजार रुपैयाँ मात्र नाफा गरेको थियो । यो त्रैमाससम्ममा संस्थाको संचालन नाफा ५० प्रतिशतले बृद्धि भएको विवरणमा उल्लेख छ ।

पुस मसान्तसम्ममा संस्थाले १६ करोड ६२ लाख ७६ हजार रुपैयाँ संचालन नाफा कमाएको हो । गत वर्ष संस्थाले संचालन नाफा ११ करोड ७ लाख १५ हजार रुपैयाँ आर्जन गरेको थियो । यस वर्ष १६.९३ प्रतिशत बोनस शेयर मार्फत पुँजी बढाएर १ अर्ब पुर्याएको छ । त्यस्तै, जगेडा कोष रकम प िनगत वर्षभन्दा २८.८२ प्रतिशतले बृद्धि भई ३४ करोड ५३ लाख ५१ हजार कायम भएको संस्थाले जारी गरेको विवरणमा उल्लेख छ ।

७ अर्ब २९ करोड ९१ लाख ९१ हजार ऋण सापटी लिएको संस्थाले १०४ प्रतिशत वा १० अर्ब ४७ करोड ७८ लाख ३२ हजार ऋण प्रवाह गरेको छ । विवरण अनुसार निक्षेप संकलन गत वर्षभन्दा ४५ प्रतिशतले बृद्धि भई २ अर्ब ११ करोड ४६ लाख ६६ हजार पुगेको छ ।

अघिल्लो वर्षको तुलनामा सस्थाले खराब कर्जा संकलनमा बृद्धि गरी ५ करोड ६२ लाख ९६ हजार संकलन गरेको जनाएको छ । गत वर्ष निष्क्रिय कर्जा अनुपात १.८० प्रतिशत रहेकोमा यो वर्ष बृद्धि भई २.०५ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी २८.१५ रहेको यस संस्थाको प्रतिशेयर नेटवर्थ १३४.५४ रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्