Logo

प्राइम लाइफको मुनाफा १९ करोड ३६ लाख



काठमाडौं, १९ माघ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दोस्रो त्रैमाससम्ममा १९ करोड ३६ लाख ५७ हजार नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गरेको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २४ प्रतिशत बढी हो ।

सार्वजनिक भएको वित्तीय विवरणअनुसार अघिल्लो वर्ष कम्पनीले सोही अवधिमा १५ करोड ६० लाख ५४ हजार नाफा गरेको थियो । २ अर्ब ३ करोड ३ लाख १३ हजार कुल बीमाशुल्क मात्र कम्पनीले आर्जन गरेको हो । अघिल्लो वर्ष १ अर्ब ५९ करोड ७४ लाख ४० हजार नाफा कमाएको थियो । गत वर्षको तुलनामा बीमाशुल्क यो वर्ष २७ प्रतिशतले नाफा बृद्धि भएको हो ।

यो वर्ष कम्पनीले गत वर्षको तुलनामा ५८.८८ प्रतिशत धेरै भुक्तानी गरेको छ । गएको वर्ष ३४ करोड १२ लाख ६५ हजार कुल दाबी भुक्तानी गरेको थियो । हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार पुगेको छ । त्यस्तै, ६१ करोड ७२ लाख ७१ हजारमा जगेडा कोषमा सुरक्षित रहेको छ । इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १६.०२ र प्रतिशेयर नेटवर्थ १३१.३१ रहेको छ ।

२९ प्रतिशतले बृद्धि भई १३ अर्ब ९ करोड ६० लाख ४३ हजार जीवन बीमा कोषमा कायम भएको विवरणमा उल्लेख छ । यसैगरी, कर्जा प्रवाह गत वर्षको तुलनामा २५.३८ प्रतिशत धेरै १अर्ब ३६ करोड ९३ लाख ३० हजार गरेको छ ।



प्रतिक्रिया दिनुहोस्