माघ १९, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयमा निर्वाचन गर्न कसैले नरोक्ने स्पष्ट पारेका छन् । सोमबार साँझ राष्ट्रिय सभागृहमा इन्जिनियरको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बैंशाखमा तोकिएको निर्वाचन कुनै हालतमा पनि नसर्ने बताए ।
प्रधानमन्त्री ओलीले चूनाव कानूनसम्बत नै घोषणा गरिएको बताए । प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले अत्याधिक बहुमत ल्याउने भन्दै निर्वाचनको तयारीमा लाग्न निर्देशनसमेत दिएका छन् ।
उनले प्रतिनिधिसभालाई चल्न नदिने, सरकारलाई काम गर्न नदिने र अस्थीरता पैदा गर्ने काम पनि पार्टीभित्रैबाट भएको तर्क गरे । ओलीले सभामुखले पनि जनताको पक्षमा काम गर्न नसेकेको भन्दै मनोनयनपछि संसदमा आएर देखाउन चूनौति दिए । ओलीले आफ्ना छोराछोरी मात्रै छोराछोरी अरुका छोराछारी ढुङ्गामाटो हुन र भन्दै प्रचण्डलाई प्रश्न गरेका छन् ।
प्रचण्डले आफ्नालाई मात्रै हरेर अरुलाई नहेर्नु गल्ती नै भएको ओलीको भनाई छ । ओलीले प्रचण्ड–नेपाल समुहसँग कुनै भिजन नै नभएको जिकिर पनि गरेका छन् ।