Logo

नागढुंगा–मुग्लिन सडक स्तरोन्नति



काठमाडौं, माघ २० । पृथ्वी राजमार्गअन्तर्गतको नागढुंगा–मलेखु–मुग्लिन सडक खण्डको स्तरोन्नतिका लागि ४२ ओटा स्वदेशी तथा विदेशी कम्पनी प्रि–क्वालिफिकेशन (पीक्यू)मा छनोट भएका छन् । सडक विभागले डेढ महीनाअघि निकालेको ग्लोबल टेन्डर आह्वानमा सडक विभागले तोकेको सबै मापदण्ड पूरा गरेका ती कम्पनीलाई पीक्यूमा छनोट गरिएको हो । तीमध्ये अधिकांश चिनियाँ कम्पनी रहेका छन् ।

नागढुुंगा–मलेखु–मुग्लिनको ९६ किलोमीटर (किमी) सडक स्तरोन्नति गर्न कुल १६ अर्बको प्याकेज भए पनि अहिले ९ अर्बको ठेक्का निकालिएको हो । तीनओटा प्याकेजमा ठेक्का व्यवस्थापन गर्ने तयारी गरेको विभागले पहिलो र दोस्रो क्रमशः नागढुंगा–नौबीसे र नौबीसे–मलेखु प्याकेज निर्माणको प्रस्ताव गरेका ती कम्पनीलाई पीक्यूमा छनोट गरेको हो । यी दुईओटा प्याकेजको लम्बाइ भने ५६ किमी रहेको छ ।

यी खण्ड निर्माणका लागि पीक्यू छनोटमा नेपाल, चीन र भारतका निर्माण कम्पनी रहेका छन् । यीमध्ये चिनियाँ कम्पनीको संख्या उल्लेख्य रहेको छ । चीनका ३० भन्दा बढी कम्पनी छनोट भएका छन् भने त्यसपछि भारतका कम्पनी छन् । सडक स्तरोन्नति गर्न नेपाली निर्माण कम्पनीले पनि बिड हालेका थिए भने पीक्यूमा पाँचओटा कम्पनी छनोट भएका छन् ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot