Logo

१२ को परिक्षामा ४७ जनाको ४ जिपिए



काठमाडौं, माघ २० । कक्षा १२ को परीक्षामा ४७ जना विद्यार्थीले जिपिए ४ ल्याएका छन्। गत वर्ष कक्षा ११ को नियमित परीक्षामा कुल तीन लाख १० हजार तीन सय १६ विद्यार्थीमध्ये कसैले पनि जिपिए ४ ल्याएका थिएनन्। तर यस पटक होमसेन्टर कायम गरिएपछि कक्षा १२ मा पहिलो पटक ४७ जनाले जिपिए ४ ल्याएको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षाफल सोमबार प्रकाशित गरेको छ।

गत वैशाख ८ गते नै सुरु हुनुपर्ने परीक्षा कोभिडका कारण मंसिर २९ गते सुरु भई १६ गते सकिएको थियो। होमसेन्टरबाटै ४० प्रतिशतको सञ्चालित लिखित परीक्षामा नियमिततर्फ कुल तीन लाख १० हजार तीन सय १६ ले परीक्षा दिएका थिए भने आंशिकतर्फ ३१ हजार ५५ गरी कुल चार लाख ३३ हजार २ सय ७१ ले परीक्षा दिएका थिए।

‘यही ब्याचले कक्षा ११ मा कोरोनाअघि लिएको परीक्षामा कसैले पनि जिपिए ४ ल्याउन सकेका थिएनन् तर त्यही ब्याचका ४७ जनाले कक्षा १२ मा जिपिए ४ ल्याएका छन्,’ नियन्त्रक शर्माले भने, ‘विगतमा कक्षा १२ का परीक्षामा पनि जिपिए ४ ल्याउनेहरू एकरदुई मात्र हुन्थे।’ उनले थपे, ‘यस पटक कोरोनाका कारण ४० प्रतिशत मात्र लिखित परीक्षा भयो भने ४० प्रतिशत कक्षा ११ को मूल्यांकन गरियो र २० प्रतिशत कक्षा १२ को आन्तरिक परीक्षाको मूल्यांकन जोडिएर सय प्रतिशतको नतिजा प्रकाशित भएको हो।’नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot