Logo

चुनाव आउँदैछ, देशभक्तलाई जनादेश दिनुस्ः प्रधानमन्त्री



काठमाडौं, माघ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (दाहाल–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि दिएको ‘अब शाकाहारी आन्दोलनको काम छैन’ भन्ने अभिव्यतिप्रति लक्षित गर्दै उनले आदमखोर आन्दोलन गर्न चाहेको तर नेपालमा अब त्यो सम्भव नभएको बताएका छन्।

नेकपा ओली समूहका अध्यक्षसमेत रहेका ओलीले भने, ‘उहाँ ९दाहाल० ले चिकेन चिल्ली खान खोज्या हो रु त्यसो त पक्कै होइन होला। उहाँ मांसाहारी मात्र होइन, आदमखोर आन्दोलन, मान्छे मार्ने आन्दोलन गर्न खोज्दै हुनुहुन्छ। म उहाँलाई भन्न चाहन्छु, अब नेपालमा त्यस्तो आन्दोलन सम्भव छैन, कुनै धृष्टता नगर्नुहोला।

हिजोको जमाना यो होइन। हिजो केपी ओली प्रधानमन्त्री थिएन, झुक्याइयो होला, झुक्याउन सफल हुनुभयो होला। जनतालाई सुन्दर सपना देखाएर अलमल्याउनुभयो होला। अब कोही अलमलिनेवाला छैनन्, त्यो कुरा बुझे हुन्छ।’ उनले अगाडि थपे, ‘आदमखोर आन्दोलन अब चल्न सक्दैन। त्यसकारण तपाईंले साग खानुको अर्को विकल्प छैन। अब सागै खानुपर्छ। अर्कोतिर नसोचे हुन्छ।’

प्रधानमन्त्री ओलीले वैशाखमा निर्वाचन हुने बताए। स्व। हेमनारायण यादवको १७औं स्मृतिसभालाई सोमबार सम्बोधन गर्दै ओलीले निर्वाचन तोकिएको मितिभन्दा एक दिन पनि पर नसर्ने ठोकुवा गरे। उनले भने, ‘प्रदेश २ मा वैशाख १७ गते नै चुनाव हुन्छ। चुनावको तयारीमा लागिहाल्नुस्।’ उनले चुनाव तयारीमा निर्वाचन आयोग लागेकाले वैशाखमा तोकिएको चुनाव कुनै पनि हालतमा पर नसर्ने बताए। देशविरुद्ध षड्यन्त्र गर्ने र भ्रष्ट तत्वलाई आगामी निर्वाचनबाट बिदा गर्नुपर्ने पनि उनले बताए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot