Logo

कृषिमा वैदेशिक लगानीः योजना आयोगद्वारा छलफल सुरू



काठमाडौं, माघ २०। सरकारले कृषिमा वैदेशिक लगानी खुला गरेको विषयमा राष्ट्रिय योजना आयोगले छलफल थालेको छ । आयोगले सोमबार सरोकारवालाहरूलाई बोलाएर छलफल गरेको हो ।

कृषिमा वैदेशिक लगानी खुला गर्ने निर्णय आएपछि कृषि उद्यमीहरूले त्यसको विरोध गर्दै आएका छन् । उता, सर्वोच्च अदालतले पनि निर्णयलाई कार्यान्वयन नगर्न, नगराउन अन्तरिम आदेश गरेको छ ।

सरकारको यो निर्णय विवादमा परेपछि आयोगले यसको अध्ययन थालेको हो । आयोगका सदस्य डा दिलबहादुर गुुरुङले सरोकारवालासँग छलफल गरी प्राप्त सुुझावलाई अध्ययन गरी निष्कर्ष निकालिने बताए । कृषि उद्यमी, किसान, नेपाल उद्योग वाणिज्य महासङ्घलगायत विभिन्न सङ्घ संस्थाबाट आएका सुुझावबारे आयोगले अध्ययन गर्ने र त्यसबाट आएको निष्कर्षमा पुनः सरोकारवालासँग छलफल गरिने उनले बताए ।

सबै क्षेत्रसँग छलफल गरिसकेपछि आउने निष्कर्षबारे सरकारलाई पनि जानकारी गराउने उनको भनाई छ ।छलफलमा कृषि उद्यमी तथा अन्य सरोकारवालाहरूले कृषिमा वैदेशिक लगानीबारे आवश्यक छलफल नभएकोमा गुनासो गरेका थिए ।

डेरी एसोसिएसन नेपालका महासचिव प्रह्लाद दाहालले लगानी खुला गर्नुअघि आवश्यक छलफल नभएको गुुनासो अधिकांशले गरेको बताउँदै यसलाई कार्यान्वयनमा ल्याउनुुभन्दा पहिले सरोकारवालासँग सरकारले आवश्यक छलफल गर्नुपर्ने सुुझाव आएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot