Logo

घट्न थाल्यो डन्डीको भाउ



काठमाडौं, माघ २० । चार÷पाँच महिनाको बीचमा प्रतिकेजीमै ३० रुपियाँ बढेको फलामे छडको भाउ घट्न थालेका छ । सरकार तथा आमसञ्चारको निरन्तरको दबाबपछि केही उद्योगी अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ घट्यो भन्ने बित्तिकै प्रतिकेजीमा चार रुपियाँ भाउ घटाउन थालेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा छडको कच्चा पदार्थको भाउ अघिल्लो सातादेखि घट्न थालेकाले छड उत्पादक उद्योगीले घटाउन सुरु गरेको जनाएका छन् । लक्ष्मी स्टिलले अघिल्लो सातासम्म भ्याटबाहेक ८१ रुपियाँमा प्रतिकेजीमा बिक्री गरेकोमा यो साता ७७ रुपियाँमा बिक्री गर्न थालेको जनाएको छ ।

बजारमा फलामे छडको भाउ बढेपछि गत पुसदेखि नै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्यको विषयमा उद्योगीसँग छलफल गर्ने र मूल्य बढ्नुको कारणसहित विवरण पेस गर्न निर्देशन दिएको थियो ।

विभागका निर्देशक सागर मिश्रले विभागको निरन्तरको दबाबपछि फलामे छडको केही भए पनि मूल्य घटेको र अब सबै छडको भाउ क्रमशः घट्ने विश्वास व्यक्त गरे । विभाग निरन्तरको दबाबले गर्दा नै अन्तर्राष्ट्रिय बजारमा छड उत्पादन गर्ने कच्चा पदार्थको मूल्य घट्न थाल्ने बित्तिकै उद्योगीले भाउ घटाउन थालेको उनको भनाइ छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot