Logo

विद्यादेवी भण्डारीको काँधमा बसेर अहिले नेपालमा प्रतिगमनले यात्रा गरिराखेको छ : पहाडी (भिडिओसहित)



काठमाडौं, २० माघ । शान्ति समाज नेपालका अध्यक्ष तथा मानवअधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनको मतियारको संज्ञा दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेपालमा पनि बर्माको जस्तै सैनिक शासन लागु हुने हो कि भनेर चौतर्फी अफवाह फैलिएका छन् नि भनेर सोधिएको प्रश्नमा उनले भने–‘बर्मा र नेपालको चरित्र फरक छ । तर, खड्गप्रसादजीले जुन खड्ग प्रहार गर्नुभयो लोकतान्त्रिक मूल्यमाथि । विद्या भण्डारीको काँधमा बसेर अहिले प्रतिगमनले यात्रा गरिरहेको छ ।’ नेपालमा अहिलेको प्रतिगमनको यात्रालाई राष्ट्रपतिले मलजल गरिरहेको पनि उनले आरोप लगाए । हेरौं कुराकानीको भिडिओ :



प्रतिक्रिया दिनुहोस्

Screenshot