Logo

ओली पक्षीय अनेरास्ववियूले भोलि दश हजार मोटरसाइकल निकाल्ने



काठमाडौं, २० माघ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय अनेरास्ववियूले भोलि १० हजार मोटरसाइकल निकालेर प्रदर्शन गर्ने भएको छ । अनेरास्ववियूका अध्यक्ष ऐन महरले भोलि दिउँसो एक बजे मोटरसाइकल रयाली निकाल्ने जानकारी दिएका हुन् ।

आज राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर महरले २३ माघमा आयोजना हुने सभालाई दृष्टिगत गरी मोटरसाइकल रयाली निकाल्न लागिएको बताए । र्याली विहान १ बजे ललितपुरको कुमारीपाटीबाट निकालिने महरले बताए ।

ओली पक्षीय नेकपाले २३ माघमा दरबारमार्गमा शक्ति प्रदर्शनसहितको सभा आयोजना गर्ने भएको छ ।

तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्