Logo

काजोलले यसकारण गोविन्दासँग काम नगर्ने



एजेन्सी, २० माघ । बलिउड अभिनेत्री काजोलले आफ्नो फिल्मी करिअरमा धेरै कलाकारसँग काम गरेकी छिन् । तर काजोलले आजसम्म गोविन्दासँग काम गरेकी छैनन् । भर्खरै मात्र एक अन्र्तवार्तामा गोविन्दासँग काम नगर्नुको कारण खुलाशा गरेकी हुन् ।

गोविन्दासँग काम किन नगरेको प्रश्नमा उनले जंगली नामको एक फिल्म शुरु गरेको बताइन् । फिल्मलाई निर्देशक राहुल रवैलले निर्माण गरेका थिए । उक्त फिल्मको लागि फोटोशुट पनि भएको तर पछि काम शुरु हुनुभन्दा पहिला नै बन्द भएको काजोलले खुलाशा गरीन् । कार्यक्रममा बोल्दै काजोलले गोविन्दासँग फोटोशुट बाहेक फिल्मको लागि कुनै शुटिङ नभएको बताइन् । उनले सँगै काम नगरेपनि गोविन्दा राम्रो अभिनेता भएको बताइन् । उनले भनिन्, ‘मानिसलाई हसाउने धेरै मुस्किल काम हो तर, गोविन्दाले सजिलै मानिसहरुलाई हसाउन सक्छन् ।’

भविष्यमा गोविन्दासँग काम गर्ने विषयमा उनले राम्रो समय आएमा सँगै काम गर्न सकिने बताइन् । काजोल हालैमात्र रिलिज भएको फिल्म ‘त्रिभंगा’मा देखिएकी छिन् । उनले उक्त फिल्ममा अनुराधा आप्टेको भुमिका निभाएकी थिइन् । फिल्मको निर्माता अजय देवगन हुन् ।



प्रतिक्रिया दिनुहोस्