Logo

रणबीर, आलिया र करीनाको फिल्म बन्द



एजेन्सी, २० माघ । करण जौहरले अगष्ट २०१८ मा रणवीर सिंह, आलिया भट्ट, करीना कपुर, अनिल कपुर, विक्की कौशललाई लिएर ‘तख्त’ घोषणा गरेका थिए । करण आफैले निर्देशन गर्ने भनिएको उक्त फिल्मको काम शुरु हुन लाग्दा कोरोनाको कारण काम रोकिएको थियो ।

हाल परिस्थिती बदलिएको छ । समाचार अनुसार करणले मेगा बजेटको उक्त फिल्म बन्द गर्ने निर्णय गरेका छन् । करणले भारी मनले उक्त फिल्म बन्द गर्ने लागेको सुत्रले जनाएको छ । करणले यो फिल्मको बजेट ३ सय करोड रुपैयाँ छुट्टाएका थिए । कोरोनाको कारण उनका व्यवसाय प्रभावित भएको कारण मेगा बजेटको फिल्म बनाउनु जोखिम भएको कारण बन्द गर्न परेको जानकारहरु बताउछन् ।

उक्त फिल्म मुगलको इतिहासमा आधारित थियो । यस्तो ऐतिहासिक फिल्मले मुगल इतिहासलाई उजागर गर्ने भएकोले धेरै विरोध आउन सक्ने सम्भावनालाई मध्य नजर गर्दै काम रोकेको एजेन्सीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot