Logo

भिबो मोबाइलको नयाँ मोडल ‘वाई १२ एस’ को नेपालमा बुकिङ खु्ल्ला



काठमाडौं, २० माघ । भिबो मोबाइल नेपालमा नयाँ मोडल वाई १२ एस मोबाइल फोनको प्रि–बुकिङ खुल्ला गरेको छ । चिनियाँ ब्राण्ड भिबोले कम बजेटमा अहिलेसम्मकै नयाँ फिचर राखेर नेपाली बजारमा उक्त फोनको प्रि–बुकिङ खुल्ला गरेको जनाएको छ ।

यो मोबाइलको मुल्य कम्पनीले १७ हजार ९ सय ९९ रुपैयाँ कायम राखेको छ । फेब्रुअरी १ देखि १३ सम्म १ हजार रुपैया ँतिरेर प्रि–बुकिङ गर्ने ग्राहकले उक्त मोबाइललाई १६ हजार ९९९ काम लिन सक्ने छन् । सो अवधिमा बुकिङ गर्ने ग्राहकले १ हजार छुट पाउनुको साथै कम्पनीले घोषणा गरेको पुरस्कारको विजेता बन्न मौका पनि पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्