Logo

भारतको किसान आन्दोलनमा चीन बोल्यो



एजेन्सी, २० माघ । चीनले भारतमा चलिरहेको किसान आन्दोलनलाई लिएर भारतविरुद्ध बोलेको छ । ग्लोबल टाइम्समा प्रकाशित एक लेखका अनुसार भारत सरकारले अस्थिरता हुने डरले दिल्लीका केही ठाउँमा इन्टरनेट बन्द गरेको उल्लेख छ ।

गणतन्त्र दिवसका दिन दिल्लीमा भएको हिंसाको हल्ला रोक्नका लागि भारतीय सरकारले दिल्लीका केही स्थानमा इन्टरनेटको अस्थायी प्रतिबन्ध लगाएको थियो । यसैलाई आधार बनाएर चीनले भारतका विरुद्ध बोलेको हो । शिन्हुवा विश्वविद्यालयका नेशनल स्ट्याटीजी इन्स्टिच्युटका रिसर्च डिपार्टमेन्टका निर्देशक फियान फेगको लेख चिनियाँ सञ्चारमाध्यममा प्रकाशित भएको छ ।

फेगले लेखेका छन्, ‘भारतमा किसानको आन्दोलन चलिरहेको छ, यसको जवाफमा भारतले दिल्ली आसपासका धेरै इलाकामा इन्टरनेट बन्द गरिदिएको छ, जहाँ किसान नयाँ कृषि कानुनको लिएर आन्दोलन गरिरहेका छन्, यसले थाहा हुन्छ कि भारत सरकारलाई देशमा अस्थिरता हुने डरले सताइरहेको छ ।’ फेगले लेखेका छन्, ‘भारतीय जनता पार्टीले बहुमतको दम्भका कारण कुनै अध्ययन विना नै छिटो किसान कानुन पारित गरेको थियो र विपक्षीको कुरा पनि सुन्न चाहेको थिएन ।’यसै कारण विपक्षी पार्टीले मोदी सरकार किसान र लोकतन्त्रको विरुद्धमा लागेको आरोप लगाइरहेको छ ।

भारतमा सामाजिक आन्दोलन इन्टरनेटको माध्यमबाट गरिन्छ र यसलाई रोक्न भारतीय सरकारले इन्टरनेट बन्द गर्ने उपाय अपनाएको हो । भारतमा किसान आन्दोलनमा इन्टरनेट बन्द गरेको कुरालाई चीनले उठाएको छ । उसले मोदी सरकार अस्थिरता हुने डरले डराएको उल्लेख गरेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot