Logo

म्यानमार ’कु’ मा चीनले कस्तो कदम चाल्ला ?



म्यानमारमा सेनाले सत्ता हातमा लिएको विषयमा छलफल गर्न संयुक्त राष्ट्र संघले सुरक्षा परिषदको आपतकालिन बैठक बोलाएको छ । राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले म्यानमारमा सेनाले गरेको कु का विषयमा छलफल गर्न मंगलबार सुरक्षा परिषदको आपतकालिन बैठक बोलाएका हुन् ।

सुरक्षा परिषदमा अमेरिका, चीन, रुस, फ्रान्स, बेलायतलगायतका देश छन् । अमेरिका र बेलायतले म्यानमारमा सेनाले गरेको ’कू’ को विरोध गरेका छन् । तर, अहिलेसम्म चीन र रुसले भने कुनै प्रतिक्रिया दिएका छैनन् । अमेरिकी राष्ट्रपति बाइडनले सेनाले सत्ता नछाडे कडा कदम चाल्ने चेतावनी दिइसकेका छन् । तर, चीन र रुस भने अमेरिकी कदमको विरोधमा उभिदै आएका छन् । सुरक्षा परिषदको बैठकमा चीन र रुसले म्यानमारमा सेनाले उठाएको कदमको समर्थन गर्छन् कि गर्दैनन् ?-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot