Logo

खोपको युद्ध चल्यो



एजेन्सी, २० माघ । विश्वभर अहिले कोरोना भाइरस विरुद्वको खोपको युद्व चलिरहेको छ । खोपको निर्माण कार्यलाई ठूला देशहरुले निरन्तरता दिइरहेको छ ।

इयु, संयुक्त राज्य र युएस फार्माले खोपको निर्यातमा ढिला गरिरहेको अवस्थामा साना देश तथा खोपको सम्झौता गरिसकेको देशहरुलाई खोप समयमा आपूर्ति हुन नसक्ने देखिएको छ । यसैबीच चीनको क्यानसिनो बायोलजिक्सद्वारा निर्माण भएको खोपले विश्वलाई नयाँ आशा दिने भएको छ ।

चिनियाँ बायोलजिक्सद्वारा निर्माण भएको खोपको एक डोज नै प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ । उक्त खोपको तेस्रो चरणको परिक्षण सोमबार देखि सुरु भएको छ । जसले एक डोजले नै प्रभावकारिता देखाएको जनाइएको छ ।

कोराना भाइरसविरुद्वको खोप निर्माण गर्न चीनले खोप उत्पादनलाई तीव्रता दिएको छ । यसले सम्पूर्ण देशहरुलाई नयाँ आशा सिर्जना गरेको छ । विशेष गरी हंगेरी र जर्मनीले चिनियाँ खोपलाई विश्वास गर्ने भएको ग्लोबल टाइम्सले लेखेको छ । चीनको नयाँ खोपको एक डोज नै काफि रहेको कम्पनीले छ । चिनियाँ उत्पादन नयाँ खोप एडि ५–एनकोभको सुरक्षा र प्रभावकारिताको मापदण्ड अन्तरिम विशलेषणका अनुसार पुरा गरेको छ । उक्त खोपको तेस्रो चरणकोे परिक्षणले कुनै पनि एलर्जी अथवा साइड इफेक्ट देखाएको छैन् । कम्पनीले अन्तरिम विशलेषणको मापदण्ड विश्वभर नै पुरा गर्ने तरिकाले अगाडी बढीरहेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

खोपको परिक्षणमा ४० हजार स्वयमसेवीले भाग लिएका छन् । उक्त खोपको परिक्षण पाँच देशको ७० वटा क्लीनीकल साइटमा भइरहेको जनाइएको छ । अन्य कम्पनीद्वारा निर्माण भएको खोपलाई तापक्रममा राख्नु पर्ने हुँदा क्यानसिनोद्वारा निर्माण गरिएको खोपको भण्डारण र ढुवानीमा समेत समस्या नआउने कम्पनीले जनाएको छ । खोपलाई २ देखि ८ डिग्री सम्ममा राखिन सक्ने जनाइएको छ ।

खोपको जारी परिक्षणको डाटा रुस, मक्सिको, पाकिस्तान, अर्जेन्टिना र चिलीबाट आउने भएको जनाइएको छ । एडिनोभाइरस भेक्टरको प्रविधिबाट निर्माण भएको खोपलाई क्यानसिनो र इन्सटिच्युट अफ मिलिटरी मेडिसिनले संयुक्त रुपमा निर्माण गरेको जनाइएको छ । उक्त प्रविधिलाई रुसी खोप स्पुतनिक भी, एस्ट्रेजेनेकाले समेत अपाएर निर्माण गरेको हो । त्यसैगरी चीनले १६ वटा खोपको निर्माण कार्यलाई तीव्रता दिएको छ । त्यसमध्ये सात खोपको तेस्रो चरणको परिक्षण सुरु भइसकेको ग्लोबल टाइम्सले लेखेको छ ।

त्यसैगरी, सिनोफार्मलाई बजारमा प्रयोग गर्न चिनियाँ विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृती दिइसकेको छ । चिनियाँ खोप सिनोभ्याक र सिनोफार्मलाई विश्व स्वास्थ्य संगठनले आपत्तकालिन प्रयोग गर्न अनुमित दिइसकेको छ । चीनेल पाकिस्तानलाई खोपसमेत प्रखान गरिसकेको छ । त्यसगरी, चीनले नेपाललगायत १३ वटा विकाशसील देशलाई खोप प्रदान गर्ने जानकारी दिएको छ ।

साथै अन्य ३८ देशलाई चीनले खोप प्रदान गर्ने जानकार दिएको ग्लोबल टाइम्सले लेखेको छ । खोपको निश्पक्ष वितरण गर्न चीनको पतिबद्वता रहेको छ । यसमा चीनले महत्व पूर्ण भुमिका निभाउने भएको बेलायतका लागि चिनियाँ राजदूत क्यारालनि विलसनले बताएकी छिन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्