Logo

राजनीतिक पार्टी र नेताहरुले बाटो बिराएपछि यसरी नै सेना सडकमा आउँछ : दिपेश पुन



काठमाडौं, २० माघ । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले नेपाली सेना बख्तरबन्द गाडीसहित हिजो (सोमबार) राति सडकमा निस्किएको बारे प्रतिक्रिया दिएका छन् । उनले राजनीतिक पार्टी र नेताहरुले बाटो बिराएपछि यसरी नै सेना सडकमा आउने भन्दै यसलाई अन्यथा मान्न नहुने पनि टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो लेखेका छन्–‘नेपाली सेनाले आफ्ना हतियारले सुसज्जित बख्तरबन्द गाडीहरुलाई सोमबार राति १० बजेपछि सडकमा निकालेको छ।राजधानीको चक्रपथ क्षेत्रमा सेनाले यस्तो देखाएको हो । राजैनिक पार्टी र नेताहरुले बाटो बिराएपछि यसरी नै सेना सडकमा आउछ नै।यसलाई अन्यथा मान्नुहुँदैन ।”



प्रतिक्रिया दिनुहोस्