काठमाडौं, २० माघ । गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा कम्पनीले २३४.४२ प्रतिशत खुद नाफा कमाएको हो ।
अघिल्लो वर्षमा लघुवित्तले ४१ लख ५५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यो पुस मसान्त सम्ममा संचालन नाफा र खुद ब्याज आम्दानीमा सर्वाधिक नाफा भएको हो । गत वर्ष २ करोड ३६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको लघुवित्तले चालु आवमा ३ करोड ४० लाख रुपैयाँ ब्याज आम्दानी गरेको हो । अघिल्लो वर्षको तुलनामा यो नाफा १ करोड ४ लाख रुपैयाँ धेरै हो । त्यस्तै, १ करोड ५३ लाख संचालन मुनाफा गत वर्षमा भएको थियो भने यो चालु आवमा २ करोड १८ लाख रुपैयाँ मुनाफा भएको छ ।
लघुवित्तले ३ करोड २० लाख रुपैयाँ जगेडका कोषमा सुरक्षित राखेको छ । कम्पनीको हाल ८ करोड ३४ लाख रुपैयाँ चुक्तापुँजी रहेको छ । १८ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन गरेको यस लघुवित्तले ६३ करोड ७० लाख रुपैयाँ ऋण गरेर ९१ करोड ५८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।