Logo

वोमी लघुवित्तको २६.६७ प्रतिशत मुनाफा



काठमाडौं, २० माघ । वोमी लघुवित्त वित्तीय सस्था लिमिटेडले पुस मसान्तसम्ममा ५ करोड ३१ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गरेको छ ।

विवरण अनुसार गत वर्ष सोही अवधिमा लघुवित्तले ४ करोड १६ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो । यो चालु आवमा भएको नाफा अघिल्लो वर्षको तुलनामा २६.६७ प्रतिशतले धेरै हो । गत वर्ष भएको नाफा यो वर्षमा भएको अवधिमा १ करोड १५ लाख रुपैयाँले बढी हो ।

लघुवित्तको संचालन नाफा समीक्षा अवधिमा १ करोड ८२ लाख रुपैयाँमा बृद्धि भई ८ करोड ४३ लाख रुपैयाँ पुगेको विवरणमा उल्लेख गरिएको छ । लघुवित्तले जगेडा कोषमा १४ करोड ६६ लाख रुपैयाँ सुरक्षित राखेको छ भने कम्पनीको ३६ करोड १२ लाख रुपैयाँ चुक्तापुँजी रहेको छ । सोही अवधिमा लघुवित्तले १ अर्ब ४ करोड रुपैयाँ निक्षेप र १ अर्ब ३० करोड रुपैयाँ ऋणबाट ३ अर्ब ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको सार्वजनिक भएको विवरणमा उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्