काठमाडौं, २० माघ । आज प्रभु लाईफ इन्स्योरेन्सको शेयर मुल्य १० प्रतिशतले बृद्धि भएको छ । मंगलबार इन्स्योरेन्सको प्रतिकित्ता ८४ रुपैयाँले बृद्धि भई अन्तिम शेयरमुल्य ९२४ रुपैयाँ पुगेको हो ।
दोस्रो बजारमा १३७ खुल्ला भएको कम्पनीको शेयरमुल्य निरन्तर बढ्दै गएको हो । एक घन्टाको कारोबार अवधिसम्म कम्पनीको ५ हजार ८३६ कित्ता शेयर खरिद अर्डर छ भने १२० कित्ता बिक्रि अर्डर देखिएको छ । इन्स्योरेन्सको २३ करोड ९१ लाख ७९ हजार रुपैयाँ जगेडा कोषमा सुरक्षित रहेको छ भने १ अर्ब १९ करोड ४९ लाख रुपैयाँ ८५ हजार जीवन बीमा कोषमा रहेको छ ।