काठमाडौं, २० माघ । आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार इन्स्योरेन्सले बीमाशुल्क मात्र १ अर्ब २३ करोड ७२ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ ।
गत वर्षमा सोही अवधिमा कम्पनीले ६१ करोड ७२ लाख ९३ हजार रुपैयाँ मात्र बीमाशुल्क नाफा कमाएको थियो । पुस मसान्तसम्ममा कम्पनीले ३६ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको यस अवधिमा इन्स्योरेन्सले ६ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो । इन्स्योरेन्सको बीमाशुल्क पनि १८.८३ प्रतिशतले बृद्धि भएको हो ।
यो वर्ष लगानी कर्जा तथा अन्यबाट ३ करोड ५४ लाख र पुनर्बीमा कमिशनवापत ८ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको बैंकले जारी गरेको विवरणमा उल्लेख गरिएको छ । जगेडा कोषमा २८ करोड ८७ लाख रुपैयाँ, बीमा कोषमा ४३ करोड ५३ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको १ अर्ब ८ करोड रुपैयाँ चुक्तापुँजी रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी २७.७८ पैसा र प्रतिशेयर नेटवर्थ १६६.९४ पैसा र मुल्य आम्दानी ३०ः२३ गुणा धेरै छ । इन्स्योरेन्सले ७२ हजार १२५ ओटा बीमालेख जारी गरेर ७१ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आम्दानी गरेको छ ।