Logo

दाहाल– नेपाल समूहबाट आधिकारिकताको दाबी पेश



काठमाडौँ, २० माघ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पार्टी, पदाधिकारी र निर्णयको आधिकारिकताको दाबी पेश गरेको छ ।

उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहितका नेता निर्वाचन आयोग जानुभई आफ्नो पक्षमा बहुमत केन्द्रीय सदस्य भनी पार्टी आधाकारिताको दाबी गरेक हुन् ।

दलको पदाधिकारी तथा निर्णयको आधिकारिकतासम्बन्धी दाबीसहित राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अन्तर्गत विवाद निरुपण गरी पाउँ भनी उनीहरुबाट आयोगमा निवेदनपत्र दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।-रासस



प्रतिक्रिया दिनुहोस्