Logo

बाँध निर्माणका लागि अरुणको पानी सुरुङमा



संखुवासभा, माघ २१ । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट अरुण तेस्रो जलविद्युत् परियोजनामा अन्तर्गत अरुण नदीमा ड्याम निर्माणका लागि पानी डाइभर्सन गरिएको छ । सोमबार सतलज कम्पनीका निर्देशक नन्दलाल शर्माले पानी डाइभर्सन कार्यको सोमबार उद्घाटन गरेका छन् । अरुण नदीको पानी डाइभर्सन गर्ने ४२९ मिटरको सुरुङ निर्माण गरिएको छ ।

सतलज कम्पनीका निर्देशक शर्माले भने हामीले ९ सय मेगावाटको अरुण तेस्रो परियोजना चाडैं सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरे । अरुण नदीको पानी सफलतापूर्वक डाइभर्ट भएपछि बाँध निर्माणको जिम्मा लिएको जयप्रकाश एसोसियट्स निर्माण कम्पनीलाई धन्यवाद समेत दिएका छन् । शर्माले भने विकास सम्झौतामा उल्लेख भए अनुसारनै अघि बढ्न स्थानिय सरकार सँग सहकार्य गर्न बताए ।

सतलज कम्पनीले स्वास्थ्य,शिक्षा लगायतका कुरामा समेत सहयोग गर्ने प्रतिबद्ध भएको बताए । बाँधस्थलमा जयप्रकाश एसोसियट्स निर्माण कम्पनी तथा विद्युत–गृहस्थल क्षेत्रमा पटेल इन्जिनियरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन् । अरुणको बाँध निर्माण तथा सुरुङ मार्ग समय अवधि भित्रै सम्पन्न गरेर सतलज कम्पनीलाई जिम्मा लगाउने जय एसोसियट्स निर्माण कम्पनीका डाइरेक्टर प्रविन कुमार सिंहले बताए ।

यससँगै अरुण तेस्रोको भौतिक प्रगति काम ३८ प्रतिशत सम्पन्न भएको जनाएको छ । अरुण नदीको पानी डाइभर्सन भएपछि मंगलबार बाटै ड्याम निर्माण थालिने सतजल कम्पनीले जनाएको छ । यन्त्र राख्न १६ हजार सात सय घनमिटर र ट्रान्सफर्मर राख्न ४७ हजार चार सय घनमिटर सुरुङ खनिएको छ । पाइलट होल ९० मिटर खनिएको छ ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot