Logo

भूमिहीनका लागि जग्गा व्यवस्थापनको काम शुरू



सल्यान, माघ २१ । सल्यानमा भूमिहीन नागरिकका लागि जग्गा व्यवस्थापनको काम थालिएको छ । जिल्लाको कालिमाटी गाउँपालिकाले भूमिहीनका लागि जग्गा व्यवस्थापनको काम सम्पन्न गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको बताएको छ ।

जिल्लाका दश स्थानीय तहमध्ये कालिमाटी गाउँपालिका र बागचौर नगरपालिकासँग भूमि सम्बन्धी समस्या समाधान आयोगले भूमिहीन सुकुमबासीको लगत संकलन गर्न समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।

सोही अनुसार अहिले आवश्यक प्रक्रिया अगाडि बढाएको कालिमाटी गाउँपालिकाले बताएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले गाउँपालिकाभित्रका सबै भूमिहीन नागरिकको लगत संकलनको प्रक्रिया अगाडि बढेको जानकारी दिए । यसका लागि आवश्यक पर्ने कर्मचारीको पदपूर्तिको काम सकिएको उनले जानकारी दिए ।

‘लगत संकलनका लागि एकजना संयोजक, तीनजना अमिन, दुई जना कम्प्युटर अपरेटर र प्रत्येक वडामा दुईजनाका दरले १४ जना तथ्यांक संकलकको करारमा पदपूर्ति गरिसकेका छौं,’ उनले भने । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासीको लगत संकलन इकाइ कार्यालय स्थापना गरेर कामको थालनी गरिने जानकारी दिए ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot