Logo

रूपन्देहीको रूप फेर्दै १० आयोजना



काठमाडौं, माघ २१ । विकासको गति समयसँगै हुनुपर्ने हो। विकास र समय एकअर्कामा जोडिएका भए पनि नेपालमा समयसँगै विकास हुन सकेको छैन। तर समयसँगै विकासका कामहरू अघि बढ्ने प्रयत्न हुँदै गएका छन्। नेपालका विभिन्न खण्डहरूमा नमुना विकासे कामहरू भइरहेका छन्।

त्यसमध्ये रूपेन्देही जिल्लाको विकासे रूपान्तरण लोभलाग्दो छ। रूपन्देहीको मुख्य सहर बुटवल र भैरहवाका विभिन्न स्थानमा सञ्चालनमा आएका बहुवर्षीय परियोजनालाई हेर्ने हो भने अबको पाँच वर्षपछि मुलुककै विकासका लागि नमुना जिल्ला बन्ने अवस्था देखिएको छ।

बुटवलमा चलिरहेको बेलवास–बेथरी सडकलाई हेर्ने हो भने यो देशकै नमुना सडक हुनेछ। सडकको बीच भागमा रहेको नहरमा पानी बगिरहने, सडकको दुवै साइडमा हरियाली हुने र दुवै साइडबाट सडक निर्माण हुने तथा नहरको पानीमा माछापालन वा बोटिङमध्ये एउटा काम गर्ने परिकल्पनाअनुसार यो सडक निर्माण हुँदैछ।

बेलवासदेखि बेथरीसम्मको साढे २१ किलोमिटर लामो सडकको लागत १ अर्ब ६७ करोड छ। नहरको दुवैतिर हरियाली बनाउन हरित पेटी छ। त्यसको बाहिर सात–सात मिटर फराकिला सडक, त्यसबाहिर दुई मिटरको साइकल लेन र १.८ मिटरको फुटपाथसमेत बन्नेछ। यसको काम करब ५० प्रतिशत सकिएको छ।

बुटवलमै अर्को परियोजना भर्खरै उद्घाटन भएको छ। अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेको तिनाउ–दानव करिडोर ६ लेनको सडक हो। अघिल्लो पटक अर्थमन्त्री हुँदा बजेट पारेका पौडेलले अहिले अर्थमन्त्री भएपछि सो सडक निर्माणको सुरुवाती उद्घाटन गरेका छन्। यो निकै महत्वाकांक्षी परियोजना भएकाले सयौं नागरिकको संरचनालाई मुआब्जा वितरण गर्नुपर्ने छ। मुआब्जा वितरण गरेर भए पनि परियोजना सम्पन्न गर्ने योजना छ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै ८ अर्ब लागतको कृषि परियोजना पनि बुटवलमा सञ्चालन हुनेछ। नेपाल सरकारको ४ अर्ब र विदेशी दातृ निकायको चार अर्ब लगानीमा सञ्चालन हुने यो अर्को महत्वाकांक्षी परियोजना हो। यो परियोजनाका लागि तीन महिनाभित्रमा डिपिआर गरिसक्ने र बहुवर्षीय ठेक्का प्रणालीमा जाने तयारी थालिएको छ।

यो परियोजनाका लागि बुटवल नगरपालिकाको ६ नं वडा र सैनामैना नगरपालिकाको एउटा वडामा गरी ४० बिघा जमिनमा छुट्याइएको छ। बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीले संघीय सरकारले बजेट विनियोजन गरेकाले बुटवललाई आर्थिक केन्द्रका रूपमा विकास गर्न सहज भएको बताए। ‘संघीय सरकारको सहयोगबिना बुटवलमा यी परियोजना सञ्चालनमा आउने सम्भावना कम थियो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot