Logo

प्रदीप पौडेलको टिप्पणी : संविधानभन्दा बाहिर गएर निर्णय गर्न मिल्छ ? (भिडिओसहित)



काठमाडौं, २१ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले आफूहरु संसद पूनःस्थापनाकै पक्षमा रहेकोले आन्दोलन सशक्त बनाउने स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेपनि कांग्रेसमा ठूला शहरमा आमसभा गर्ने कि वडास्तरमा भन्नेबारे बहस भैरहेको सुनाउँदै आफूहरु ठूला शहरमा आमसभा गर्नुपर्ने पक्षमा हरेको जिकिर गरे । उनले पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोध गरेको सुनाउँदै आन्दोलनमा जाने कुरामा देउवाको पूर्ण समर्थन र साथ रहेको जिकिर गरे । सर्वोच्च अदालतले पनि संविधानअनुसार नै निर्णय गर्ने सुनाए । उनले संविधानभन्दा बाहिर गएर निर्णय गर्न मिल्छ ? भन्दै प्रश्न समेत तेर्साए । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्

Screenshot