Logo

१२ जना जुवाडे पक्राउ



काठमाडौं, २१ माघ । तास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं सिनामंगलस्थित घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश घिमिरे लगायत १२ जना गएराति पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी प्रभाग गौशलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २८ हजार १ सय १० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्